नियम ३३
कार्यकारी प्रमुखको अन्य काम, कर्तव्य र अधिकार
(१) ऐनको दफा १४ मा उल्लेख
भएका काम, कर्तव्य र अधिकारका अतिरिक्त कार्यकारी प्रमुखको अन्य काम, कर्तव्य र
अधिकार देहाय बमोजिम हुनेछः
(क) कार्यालय सञ्चालन गर्ने तथा कार्यालयको दैनिक प्रशासन गर्ने,
(ख) बोर्डबाट स्वीकृत दरबन्दी बमोजिमका कर्मचारी नियुक्ति गर्ने,
(ग) बोर्डबाट भएका निर्णय वा निर्देशन कार्यान्वयन गर्न वा गराउन
कर्मचारीहरूलाई आवश्यक निर्देशन दिने,
(घ) ऐन वा यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक बोर्ड वा
कार्यालयको तर्फबाट गर्नु पर्ने काम तथा कर्तव्य पूरा गर्ने तथा
अधिकार प्रयोग गर्ने,
(ङ) नेपाल सरकारबाट बोर्डको लागि प्राप्त आवश्यक रकमको
प्रचलित कानून बमोजिम प्रयोग गर्ने, खर्च गर्ने वा सो रकमबाट
सार्वजनिक खरिद गर्ने,
(च) बोर्डको जायजेथा वा सम्पत्तिको फेहरिस्त तयार गरी त्यसको
अद्यावधिक गर्ने,
(छ) ऐनको दफा ५ बमोजिम बोर्डबाट गर्नु पर्ने देहायका विषयमा
मसौदा तयार गरी छलफल तथा स्वीकृतिको लागि बोर्ड समक्ष
पेश गर्नेः–
(१) खण्ड (क) मा उल्लेखित नीतिको मसौदा,
(२) खण्ड (ङ) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेखित
कार्यविधिको मसौदा,
(३) खण्ड (च) मा उल्लेखित परियोजना विश्लेषणका
मापदण्ड तथा लगानीका शर्त निर्धारण सम्बन्धी
मसौदा,
(ज) बोर्डले बनाउने निर्देशिका वा कार्यविधिको मसौदा स्वीकृतिका
लागि बोर्ड समक्ष पेश गर्ने ।